निष्ठुरी समय.....


वास्तविकता कस्तो कहाँ पुगी अन्त्य हुने हो अझ थाहा छैन I जीवनका तरंगी यात्राहरुमा सारंगीको तार जस्तो गरि गुन्जायमान हुने अनि कति छिटै बिलिन हुने त्यो स्वार्थी अधुरो धुन जस्तो रहेको मानबिय जीवन कति स्वार्थी रहेछ I नदीको बेग जस्तै बगिरहने हाम्रो मानबिय जीवनले कहिल्यै पर्खिदिएन I मैले आफ्नो स्वाभिमानलाई सजिलै रुपमा उल्लासका साथ प्रस्फुटन गर्न नपाएपनि आउनु एक दिन जीवनको यात्री बनि त्यो सितल अनि चोखो पबित्र नदि सामु अनि मेटाइदिने छु त्यो गर्मीको आभास अनि तिर्खाएका प्याशारू त्यहि नदिको पबित्र जलले I बसन्त ऋतुको नया पलुवाहरुको मधुर अनि कोमल अंगसंग मितेरी गाँस्दै आउनु मा पर्खिरहने छु त्यहि शितल छाहारीमुनी I देउराली अनि भन्ज्यांगमा संगसंगै चिसो शितल लिन अनि प्रकृतिका बचेराहरुको गुन्जायमान संगीत लिन कति आनन्दित हुने थियो होला हगी...... ??? लालुपाते फूलजस्तै फुलिरहेको यो समय कति सुगन्धित अनि कति सजावट रहित जीन्दगीका उकाली अनि ओराली भन्ज्यांग अनि चौतारी पार गर्दै गैरहेका छन् जीन्दगीका यात्रा भित्रै..... संयोग क्षणिक परिचय गराएर I कति निर्दयी रहेछ समय पनि कहिल्यै कसैको वस्ती गर्दैन I सुनौलो आकाश जस्तो सफा मानबिय इच्छाशक्ति कहिल्यै पुरा नहुने रहेछ I टकमक्क टल्किरहने ताराहरूले झिलिमिली झिलिमिली उज्यालो दिइरहे झैँ अन्धकार रातलाई कति छिटै सुगन्धित बनाइदिएको I समयको परिप्रेक्षसंगै बिहानको उज्यालोमा कति छिटै हरे गएका ति ताराहरु...... हो हाम्रो जीवन यो क्षणिक परिचय गराएर त्यसरी नै अलप बिलाप भै जादैछ I बसन्त ऋतुको त्यो हरियाली आगमनले कति सुन्दर अनि कति मोह लाग्दो त्यो वाताबरण झैँ मानबिय भावना कति छिटै मौलाएको तर बिडम्बना मा बिच्क्षिब्द छु त्यहिँ यात्राबाट............ जीवन यात्रा भित्र यस्तै अनि भेट पक्कै नहोला जहाँ जहाँ पुगेपनि हाम्रो जीन्दगीहरु कहिल्यै औसीको रात नवनोस तर ...... समयले यस्तै बनाइदिएछ मलाई बिसौनीको अन्तिम तिर छुटिने बेलामा........